• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चुनाव जितेका महावीरले फेरी सुरु गरे किताब बेच्न


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।

उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजे देखि अमरसिंह चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजे देखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ।

चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त त चाहियो नि ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖