• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएको छ । यसै क्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ।

थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ उनले छलफलमा भनेका उपसभापति शर्मा सचिवालय स्रोतले जनायो ।

तर उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन् । ‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो । तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति,’ शर्माले भनेका स्रोत बताउँछ ।

नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थामा आएको परिणामलाई लिएर राजीनामा गर्न नपर्ने बरु सूक्ष्म रूपमा समीक्षा गरेर स्थिति सम्हाल्दै अघि बढ्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖