• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमाले अध्यक्ष ओलीका बुबाको निधनप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने– पिताको अनुपस्थितिले जिन्दगीमा ल्याउने रित्तोपन महसुस गरेको छु


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली दिँदै पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने आफूलाई महसुस भएको बताए।

उनले लेखेका छन्,‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एक, भूमिका अनेक।’ केही समयअघि मात्रै बालेनका बुबाको समेत निधन भएको थियो ।

अध्यक्ष ओलीका पिताको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖