• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाह किन आफैं पार्टी कार्यालय जाँदैनन् ? वार्ता भने बाहिरै


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालयमा नियमित रूपमा नदेखिनुका कारणबारे प्रश्न उठ्न थालेका छन्।

स्रोतका अनुसार बालेन शाहलाई कार्यालय प्रवेशमा कुनै अवरोध नभए पनि उनी आफैं कार्यालय नगई बाहिरै बसेर छलफल गर्ने गरेका छन्। पार्टीमा आबद्ध भएयता उनले औपचारिक बैठकहरूमा समेत कार्यालयभित्र भन्दा बाहिरै उपस्थित हुने अभ्यास अपनाएका छन्।

हालसम्म किन उनी पार्टी कार्यालय जान चाहँदैनन् भन्नेबारे स्पष्ट कारण सार्वजनिक भएको छैन। आज पनि नेताहरूबीच एक होटलमा वार्ता भएको बताइएको छ, जहाँ बालेन शाह सहभागी भएका थिए।

यस घटनाक्रमले रास्वपाभित्रको आन्तरिक गतिविधि, नेतृत्वबीचको सम्बन्ध र रणनीतिबारे थप चासो र जिज्ञासा उत्पन्न गरेको छ। यद्यपि, यस विषयमा पार्टी वा बालेन शाहका तर्फबाट आधिकारिक धारणा भने आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖