काठमाडौ । इरानी सेनाको कब्जामा रहेको व्यापारिक जहाजमा एक नेपाली पनि रहेको खुल्न आएको छ। सो जहाजमा नेपालका अमृत झा रहेको खुल्न आएको हो।
प्राप्त जानकारी अनसार उनी उदयपुर गाइघाट निवासी रहेका छन्। अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले झालाई इरानी सेनाले नियन्त्रणमा लिएको बताए।
झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए।
