• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मनुलाई पैसा बाँडेको सूची सार्वजनिक गर्न आलेको चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफूले निर्वाचनमा कसैलाई पैसा नबाँडेको बताएका छन् । आलेले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन् ।

पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका मनुले कांग्रेसकै ५७ जनाले आलेसंग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका थिए । `जो चुनावमा तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो,´ मनुले भनेका थिए, `तपाईंप्रति मेरो सद्भाव छ भन्दै तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नुभयो ।´ २१ फागुनको निर्वाचनमा कैलाली ५ मा नेकपा उम्मेदवार आले तेस्रो भएका थिए ।

शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा छन् । शाहले अन्तर्वार्तामा ५७ जनाको नाम भने खुलाएका छैनन् ।

यता आलेले भने आफूले सूची नै बुझाएको भन्दै मनुले गलत प्रचार गरेको बताए । `म डोटीबाट लड्दै आएको व्यक्ति कैलालीमा पहिलोपटक चुनाव लडेको हुँ,´ आलेले भने, `नयाँ ठाउँ भएकोले मैले काङ्ग्रेसका ५७ जनालाई त चिनेको पनि छैन । यदी मैले सूची नै बुझाएको छु भने सार्वजनिक गर्न म उहाँलाई चुनौती दिन्छु ।´

आलेनिकट एक नेताका अनुसार निर्वाचनपछि आले र काङ्ग्रेस उम्मेदवार शाहबीच कुराकानी भने भएको थियो । `मलाई काङ्ग्रेसको आन्तरिक कलहले आरजु देउवा पक्षले सहयोग गर्ला भन्ने सोचेको थिए,´ आलेले कुराकानीमा भनेका थिए, `तर, न मलाई सहयोग भयो न त तपाईंलाई नै मत गयो भनेर आलेले मनुलाई भन्नुभएको थियो ।´

कैलाली- ५ मा रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द विजयी हुँदा शाह फराकिलो अन्तरले दोस्रो भएका थिए । चन्दले ३१ हजार ९५३ मत पाउँदा शाहले ११ हजार ९५८ मत पाएका थिए । आलेले सात हजार ८७६ मत पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖