• Friday 9th of October 2026

परराष्ट्र मन्त्री बन्दै शिशिर, अरु को बन्दैछन् रास्वपा सरकारका मन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने, संसदीय दलका नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहितको छलफलले खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको रास्वपा स्रोत जनाएको छ। खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री बनेका थिए ।

त्यस्तै, नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउन यतिबेला रास्वपा छलफलमा जुटेको छ । शितल निवासमा आज शपथ कार्यक्रम राखिएकाले त्यसअघि मन्त्रीहरुको नाम टुंग्याएर शपथ समारोहमा सहभागी हुने रास्वपाको तयारी छ।

बिहीबार राति अबेरसम्म राजधानीको एक होटलमा छलफल भएपनि केही नाममा छलफल जारी रहेकाले आज नाम टुंग्याउन लागिएको छ ।

मन्त्रीका लागि हालसम्म स्वर्णिम वाग्ले, शिशिर खनाल, सोभिता गौतम, इन्दिरा रानामगर, सस्मित पोखरेल, सुनिल लम्साल लगायतको नाम निश्चित भएको छ। महिला, जनजाति,भुगोल र अन्य वर्गपनि मिलाउनुपर्ने भएकाले त्यसमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖