• Friday 9th of October 2026

अस्पतालमै राखियो ओलीलाई


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मालाई ओली त्रिवि शिक्षण अस्पतालमै राखेर उपचार भइरहेको छ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्नका लागि टिचिङ आकस्मिक कक्षमा प्रारम्भिक परीक्षण गरिएपछि उनको मुटुको चाल बढेको देखिएकाले चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो।

ओलीको हाल एनेक्स वानको ५०१ बेडमा उपचार भइरहेको छ। ओलीको मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन्।

दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीले नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन् ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖