काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले औपचारिक पदमा नरहे पनि राजनीतिक जिम्मेवारीलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छन्।
सोही क्रममा उनले राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेट गरी वर्तमान राजनीतिक अवस्था, मधेसको समग्र विकास, र प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा गहन छलफल गरेका छन्।
