काठमाडौ । सुदन किराती भन्छन् –
रास्वपालाई मेरो प्रश्न !
पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो ? अनि यो कस-कसलाई लागू हुन्छ ? कस-कसलाई लागु हुँदैन ? लागू हुँदैन थियो भने मधेसी अनुहारका श्रम मन्त्री माननीय दिपक कुमार साहलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो ? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन ?
के एउटै कानुन जुङ्गा अनुसार लागु हुन्छ ? त्यसो भए गृहमन्त्रीको जुङ्गा कत्रो छ ? कति क्षेत्रमा फैलिएको छ ? र त्यसले कुन कुन सिमानाहरु नाघेको छ ? र मान्छेले प्रश्न उठाए जस्तै कुन-कुन शक्तिसँग त्यो जुङ्गाको जरा जोडिएको छ ? थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर मैले रास्वपालाई यो प्रश्नहरू गरेको हुँ ! किनकि “यो देश मेरो पनि हो”
गुरुङ जी,
लौन गर्नुपऱ्यो छानविनको माग, देखाउन पऱ्यो संस्कार र संस्कार बोक्ने नैतिकवान् छाती नत्र त पुरानो र नयाँमा के भिन्नता ?
