• Thursday 8th of October 2026

गृहमन्त्री गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।

आज(मंगलबार)काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मार्गप्रशस्त गर्नु नै रामूो हुने बताए।

‘उहाँको जहिल्यै पनि नयाँ नयाँ केके सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। तर हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के ? त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ,’साम्पाङले भने ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖