• Thursday 8th of October 2026

बाग्मती नदी किनारका बस्ती हटाउन ६ वटा बुलडोजर फिल्डमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ ।

टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् ।

सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् ।

बिहान ७ बजेबाट डोजर चलाउने भनिए पनि सवा ८ बजेसम्म काम सुरु भने भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖