• Wednesday 7th of October 2026

सहकारीमा अब ‍साँवाभन्दा बढी ब्याज लिन नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारीमा अब ‍साँवाभन्दा बढी ब्याज लिन नपाइने भएको छ ।

सरकारले ल्याएको सहकारीसबन्धी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो।

सहकारी संस्थाहरूले चर्को ब्याज, स्याज र हर्जना जोडेर गरिब ऋणीहरूको उठिबास लगाएको गुनासो आइरहेको बेला अध्यादेशमार्फत सरकारले कानुनी रूपमै बन्द गरिदिएको हो।

अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम निजले लिएको मूल ऋण (साँवा) रकमभन्दा बढी हुन पाउने छैन । यसको अर्थ, एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि वा जतिसुकै हर्जना थपिए पनि ब्याजबापत एक लाखभन्दा बढी तिर्नु पर्दैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖