• Thursday 8th of October 2026

ओलीलाई अध्यक्षबाट हटाउन भन्दै एमाले युवाहरूको पुनर्जागरण भेला


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले)का केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन्।

मीनभवनमा शनिबार दिउँसो केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितको उपस्थितिमा पुनर्जागरण भेला भइरहेको छ।
उनीहरूले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने विषयमा छलफल र बहस चलाएका हुन्।

भेलामा पूर्वकेन्द्रीय सदस्यहरू नवीना लामा, राकेश पौडेल, अनेरास्ववियू पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहसचिव उपेन्द्र शाही, अनेरास्ववियु उपमहासचिव कमल जोशी सहभागी छन्।

यसअघि केही सदस्यले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसमेत संकलन गरेका थिए।

नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परेसँगै एमालेभित्र पार्टी पुनर्गठनको माग मुखरित हुन थालेको थियो।

पार्टीका केन्द्रीय पदाधिकारीहरू नै पुनर्गठनबारे खुल्न थालेका छन्। केन्द्रीय सचिवालयका अधिकांश नेताहरू पुनर्गठनको पक्षमा देखिएका छन्।
पत्थरीको शल्यक्रियापछि ओली अझै तंग्रिएका छैनन्। उनी अहिले घरमै आराम गरेर बसिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖