• Wednesday 7th of October 2026

वीर अस्पतालका निर्देशक डा.शर्माले पनि दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् ।

अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।

मंगलबार नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिए ।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖