• Wednesday 7th of October 2026

सरकारद्वारा १५ महावाणिज्य दूत फिर्ता बोलाउने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल सरकारले १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।

यसैबीच, बैठकले राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष वैशाख २८ गते प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सबै सांसदहरूलाई उपस्थित हुन आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖