काठमाडौं । हालै सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेसँगै उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा पार्टी अध्यक्ष हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत सार्वजनिक राय मागेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “हाम्रो पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कस्तो होला ? आफ्नो राय दिनुहोस् ।”
किराती दुई दिनअघि मात्रै औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
श्रम संस्कृति पार्टीले उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी थालेपछि राजनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ ।
