• Wednesday 7th of October 2026

मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए: अर्थमन्त्री वाग्ले


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् ।

अर्थ समितिको बैठकमा वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए।

राष्ट्रपतिको अगाडि फोन चलाउनु अशोभनीय हुने भएकाले मैले तल राखेर जरुरी म्यासेजहरू पढेको थिएँ। त्यसैले बाहिर देखिएको दृश्यको भरमा मात्रै धारणा नबनाउनु होला।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖