• Wednesday 7th of October 2026

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गराउन सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर बाहिरिनु अस्वाभाविक भएको बताए।

उनले भने, “आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नु स्वभाविक होइन। यदि अचानक स्वास्थ्य समस्या आएर उहाँ बाहिरिनु भएको हो भने सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गराएर उहाँको अवस्थाबारे संसदलाई जानकारी दिनुपर्छ।”

आङ्देम्बेले प्रधानमन्त्रीको उक्त व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले संसदको गरिमा र इज्जतमा आँच पुगेको टिप्पणी गरे। उनले कुनै पनि देशको प्रधानमन्त्रीबाट यस्तो गैरजिम्मेवार व्यवहार अपेक्षित नहुने भन्दै सरकारसँग यस विषयमा आधिकारिक स्पष्टिकरण माग गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖