• Wednesday 7th of October 2026

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन मिति र प्रतिनिधिबारे छलफल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

वनस्थलीस्थित पार्टी कार्यालयमा अहिले बिहान ९ बजेदेखि सुरु हुने बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन लगायत विविध विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौ वा असोज भित्रै महाधिवेशन गर्ने तयारी अनुसार महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउनेबारे आज छलफल हुनेछ ।

बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖