• Wednesday 7th of October 2026

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको नेता गणेश पराजुलीले जानकारी दिए।

यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।

सोही निर्णयअनुसार अब चितवनमा पार्टीको महाधिवेशन आयोजना हुने भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖