• Wednesday 7th of October 2026

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्न आयोगको प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यसहित मंगलबार राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ।

छलफलका क्रममा आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचन एकै मितिमा सम्पन्न गर्ने प्रस्ताव राजनीतिक दलहरूसमक्ष राखेको जनाएको छ।

आयोगका अनुसार आगामी २०८४ वैशाख ३० गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ भने सोही वर्ष मंसिर ४ गते प्रदेश सभाको कार्यकाल समाप्त हुँदैछ। दुवै निर्वाचन एकैपटक गराउँदा राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने आयोगको दाबी छ।

यद्यपि आयोगले हाल प्रारम्भिक प्रस्ताव मात्र राखेकाले निर्वाचन एकैपटक गर्ने वा नगर्ने भन्ने विषयमा कुनै अन्तिम निर्णय भने भइनसकेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖