• Wednesday 7th of October 2026

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजीनामाको माग गरेका हुन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख डीपी अर्यालले उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।

प्रधानमन्त्री स्वयं उपस्थित नभई अन्य मन्त्रीमार्फत प्रस्ताव पेश गराइएको भन्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका छन्। त्यसक्रममा विपक्षी सांसदहरू उठेर आपत्ति प्रकट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖