• Wednesday 7th of October 2026

सुकुम्बासीहरूलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीलाई लालपुर्जा उपलब्ध नगराएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीवार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले उक्त जानकारी दिएका हुन् । समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका मन्त्री र पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै घरभाडा सहयोग योजनाबारे जानकारी गराएका हुन् ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ प्रक्रिया जारी रहेको र उक्त प्रक्रिया सम्पन्न भएपछि ‘फास्ट ट्र्याक’ मार्फत लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य रहेको बताइएको छ ।

यस प्रयोजनका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको जानकारी शहरी विकास मन्त्रालयले समितिलाई दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖