• Wednesday 7th of October 2026

केन्द्रीय कारागारबाट महिला कैदी फरार


  • धनकुटा खबर
  • .

काठमाडौँ । केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान कारागारबाट भागेकी हुन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार शुक्रबार बिहान करिब साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी फरार भएकी हुन् । नुवाकोटकी तामाङलाई शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा अदालतले कैद सजाय सुनाएको थियो ।

कारागार प्रशासनका अनुसार उनले कारागार कम्पाउन्डभित्रको झ्याल प्रयोग गरेर पर्खाल चढी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने रहेका छन् । यसअघि पनि २०८२ फागुन १ गते महिला बन्दीगृहमा झडप भएको थियो । हाल उक्त बन्दीगृहमा ३०० भन्दा बढी महिला कैदीबन्दी राखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖