• Wednesday 7th of October 2026

डीडीसी चिजको प्रमोशनमा प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि आफ्नो नयाँ फोटो सार्वजनिक गरेका छन् ।

गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि त्यसले खुब चर्चा पाएको थियो । आज शनिबार पुनः उनले फोटो सार्वजनिक गरेका छन् ।

तर यसपटक उनले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् । डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖