• Wednesday 7th of October 2026

संसद्‍मा नरेन्द्र केरुङले पाखुरा सुर्केपछि हंगामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलका क्रममा आज संसद्‍मा तनावपूर्ण दृश्य देखियो। विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएपछि अवस्था झन् उग्र बनेको हो ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएको विषयमा असन्तुष्टि जनाउँदै विरोध गरिरहँदा रास्वपा सांसद जगदीश खरेलले विपक्षीलाई नै आरोप लगाएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ निकै आक्रामक रूपमा प्रस्तुत भए।

उनले आवेशमा आएर पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले तत्काल सक्रियता देखाउँदै केरुङलाई संयमित पार्ने र सम्हाल्ने प्रयास गरेकी थिइन्।

विपक्षीको अवरोध र होहल्लाकै बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खरेल रोस्टममा पुगेका थिए। उनले आफ्नो मन्तव्य राख्ने क्रममा विपक्षी दलहरूमाथि गम्भीर आरोप लगाएपछि संसद्‍को वातावरण बिग्रिएको थियो। उनले प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई ‘तमासा‘ संज्ञा दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖