• Wednesday 7th of October 2026

प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेबारेको रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह ले सदनलाई सम्बोधन गर्ने भन्दै विपक्षी दललाई आश्वस्त पारेको अवस्थामा एकाएक नयाँ मोड आएको छ ।

रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी ले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने मिति आजै प्रतिनिधिसभा बैठकबाट घोषणा गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न निर्देशन दिएपछि अबको अवस्थाबारे अन्योल सिर्जना भएको बताइएको छ ।

सिंहदरबारमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुख सचेतकबीच भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री शाहले सदनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो । सोही सहमतिका आधारमा मंगलबार दिउँसोदेखि अवरुद्ध संसद बैठक खुलाउने समझदारी बनेको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले मिति सार्वजनिक गर्न असहमति जनाएपछि रास्वपा दबाबमा परेको एक प्रमुख सचेतकले बताएका छन् । उनका अनुसार सहमति कार्यान्वयन हुने वा नहुनेबारे अझै स्पष्ट अवस्था बनेको छैन । “प्रतिबद्धता नआए सदन चल्दैन,” उनले बताएका छन् ।

यसैबीच नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रमुख सचेतकहरूबीच भएको सहमति रास्वपाले कार्यान्वयन नगरेको आरोप लगाएका छन् । उनले “भित्र भएको सहमति बाहिर आउँदा भत्कियो” भन्दै सहमतिअनुसार प्रक्रिया अघि नबढे संसदको अवरोध जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖