• Thursday 8th of October 2026

दीपक भट्टको हाँगाबिँगा खोज्दै सीआईबी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरी ले दीपक भट्टसँग जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का राख्न पत्राचार गरेको हो । साथै उनीहरूको लगानीसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरूको नाममा रहेको धितोपत्र कारोबारको विवरण पठाउन आग्रह गरेको छ । अनुसन्धान अवधिभर उनीहरूको सेयर बिक्री तथा हस्तान्तरण रोक्न समेत अनुरोध गरिएको बताइएको छ ।

सेयर कारोबार रोक्का राख्न भनिएका व्यक्तिहरू विभिन्न बीमा, पुनर्बीमा, लगानी तथा सेक्युरिटी कम्पनीसँग आबद्ध रहेका छन् । तीमध्ये हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स का सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा लगानी समिति सदस्यहरू समावेश छन् ।

सीआईबीले पठाएको पत्रअनुसार सम्बन्धित व्यक्तिहरूको लगानी विवरण, सेयर स्वामित्व तथा कारोबार गतिविधिको सूक्ष्म अध्ययन गरिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖