काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि मौन छन् । उनले सार्वजनिक कार्यक्रममा नबोलेको धेरै भइसक्यो ।
यतिमात्रै होइन गणतन्त्र दिवसका दिनसमेत उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् । बरु मन्त्रिपरिषद्बाटै निर्णय गराएर राष्ट्रपति रामचन्द्र पौडेललाई सैनिक मञ्चको कार्यक्रममा बोल्न लगाए ।
उनले सम्बोधन त गरेनन् नै गणतन्त्र दिवसको औपचारिक शुभकामना समेत दिएनन् । उनै बालेनको लामो समयदेखि संसद्मा खोजी भइरहेको छ भने विपक्षीले उनले सदनलाई जवाफ दिनुपर्ने भन्दै सदनमा आवाज उठाइरहेका छन् ।
यहीबिचमा बालेनले शुक्रबार राति एक अस्पष्ट स्ट्याटस लेखेका छन् । उनले फेसबुकमा देखेका छन्, ‘ढुक्क हुनुस् !’ यो कसप्रति लक्षित हो भन्ने पनि खुलेको छैन।
