• Wednesday 7th of October 2026

राप्रपाः सानो पार्टी ठुलो झगडा, असन्तुष्ट पक्षको आज भेला


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ जेठ । राजावादीहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिभाजनको संघारमा पुगेको छ । 

 

राजेन्द्र लिङदेन पक्षधर महामन्त्री धवल शमशेर राणा पक्षधरहरूले आज अलग्गै भेला बोलाए पछि राप्रपा बिभाजनको संघारमा पुगेको हो । 

 

कान्तिपथस्थित एलो प्यागोडा होटलमा अहिले दिउँसो १ बजे असन्तुष्ट पक्षहरूको भेला बस्दैछ ।

आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताए पछि पुर्व अध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले सामुहिक बक्तब्य जारी गरी पार्टीमा एकता कायम गर्न आब्हान गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖