• Tuesday 6th of October 2026

प्रचण्ड अस्पतालबाट डिस्चार्ज


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका दाहाल मङ्गलबार डिस्चार्ज भएका हुन्। स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट घर पठाइएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा फोक्सोमा सामान्य निमोनिया सङ्क्रमण देखिएको अस्पतालले यसअघि विज्ञप्तिमार्फत जानकारी दिएको थियो।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖