• Tuesday 6th of October 2026

करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर छाडेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरेको थियो ।

‘उहाँलाई करिब ३ बजेतिर कार्यालयमा ल्याइएको थियो’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘करिब ७ घण्टापछि श्रीमतीको जिम्मा लगाएर छाडिएको छ ।’

पुष्कर पत्नी एवम् सहसचिव आभा श्रेष्ठको जिम्मामा उनलाई छाडिएको अधिकृतहरू बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।

बिहीबार राति १० बजेतिर उनी पत्नीको जिम्मामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाहिरिएका हुन् । पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए ।

सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो । पुष्कर अहिले उपराष्ट्रपति कार्यालयका सचिव हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖