• Tuesday 6th of October 2026

ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी वृत्तमा


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २३ — नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या प्रकरणबारे जानकारी लिन पूर्वगृहमन्त्री सुदन गुरुङ शनिबार बालाजु प्रहरी वृत्त पुगेका छन्।

गुरुङले प्रहरी अधिकारीहरूसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न, निष्पक्ष अनुसन्धान अघि बढाउन तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका हुन्।

भुजेलको हत्या आरोपमा पक्राउ परेका कुमार थापा मगरमाथि कानुनअनुसार निष्पक्ष अनुसन्धान गरी न्याय सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रहरी कार्यालय पुग्नुअघि गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उता प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाइएको जनाएको छ। हत्या हुनुको कारण, घटनाको पृष्ठभूमि तथा अन्य सम्बन्धित पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖