काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने तथा सदनको रोष्ट्रममा आएर माफी नमागेसम्म संसद् सञ्चालन हुन नदिने अडान राखेका छन्।
विपक्षी सांसदहरूको निरन्तर नाराबाजी र अवरोधका कारण सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
