• Tuesday 6th of October 2026

कर दर संशोधन विवादमा राप्रपाद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले करका दरमा गरिएको संशोधन विवादलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले उक्त विषय गम्भीर प्रकृतिको भएकाले निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको बताइन्।

उनले अर्थमन्त्री संसद्मा उपस्थित भएर विषयमा स्पष्टीकरण दिन सक्ने भए पनि छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन अनुसन्धान सम्पन्न नहुँदासम्म जिम्मेवारीबाट अलग रहन उपयुक्त हुने धारणा राखिन्।

“आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन, नैतिकता र निष्पक्षताको दृष्टिकोणले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ,” ओलीले भनिन्।

राप्रपाले कर दर संशोधन प्रक्रियाबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖