• Tuesday 6th of October 2026

नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारमा दुई नयाँ मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्को वरीयताक्रममा हेरफेर गरिएको छ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त भएपछि सरकारले नयाँ वरीयताक्रम निर्धारण गरेको हो।

नयाँ वरीयताक्रमअनुसार गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ स्थानमा राखिएको छ। उनी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठपछि वरीयतामा रहनेछन्।

त्यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आठौँ वरीयता दिइएको छ। उनी मन्त्री सोविता गौतमपछिको क्रममा रहनेछन्।

दुई नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद्को आन्तरिक वरीयता सूची अद्यावधिक गरिएको सरकारले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖