• Monday 5th of October 2026

यी हुन् फिफा विश्वकप २०२६ का बारेमा जान्नै पर्ने तथ्यहरू


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ जेठ । आज देखी फिफा विश्वकप सुरू हुदैँछ । 

 

यसअघि दुई दुई पटक अर्थात १९७० र १९८६ विश्वकपको आयोजना गरिसकेको मेक्सिकोले तेस्रो पटक विश्वकप २०२६ को आयोजना गर्दैछ । 

 

मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा आज ९० मिनेटको भब्य समारोहका बिचमा उदघाटन गरिदैँछ, जुन उदघाटन समारोह खेल सुरू हुनु अघि अर्थात नेपाली समयअनुसार राती १२ः४५ बजे अघि सो समारोह हुनेछ । यस बर्षको पहिलो फिफा विश्वकपको खेल आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाको बिचमा हुनेछ ।   फिफा विश्वकपको अफिसियल गीत ‘दाई दाई…’ कि कोलम्बियन गायिका सकिरालगायतले भब्य प्रस्तुति दिनेछन् भने मेक्सिकोको कला, संस्कृति र बिज्ञान झल्किने प्रदर्शनी गरिनेछ ।
 
उसो भए, यो विश्वकपको नयाँ तथ्यका बारेमा जानौंः

– यो विश्वकप ४८ राष्ट्रहरूले आयोजना गर्ने पहिलो विश्वकप हो, जसले ६ वटा महादेशवाट प्रतिनिधित्व गरिरहेका छन्।

 

-यो तीन राष्ट्रहरूले आयोजना गर्ने पहिलो विश्वकप पनि हो। सह–आयोजक मेक्सिको, क्यानडा र अमेरिकालाई क्रमशः समूह ए, बी र डी मा राखिएको छ । 

 

-मेक्सिको सिटीले जुन ११ उद्घाटन खेल आयोजना गर्नेछ, समूह ए मा मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। 

 

-१२ जुनमा अमेरिकाको लस एन्जलस र क्यानडाको टोरोन्टोमा उदघाटन समारोह हुनेछ । 

– योसँगै एेतिहासिक एस्टाडियो एज्टे रंगशाला तीन फरक फिफा विश्वकपको उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशालासमेत बन्नेछ, जसले पहिले १९७० र १९८६ मा उद्घाटन समारोह आयोजना गरिसकेको छ।

 

– तीन आयोजक राष्ट्रका १६ आयोजक शहरहरूमा कुल १०४ खेलहरू खेलाइने छ।

– सम्भावित फाइनलमा पुग्नेहरूले अब समूह चरणदेखि फाइनलसम्म ८ खेल खेल्नुपर्नेछ, यसअघि सात खेल मात्रै खेले पुग्ने थियो ।

– २०२६ फिफाअश विश्वकप फाइनल जुलाई १९, आईतबार अमेरिकाकाको न्यूयोर्क शहरको न्यू जर्सीमा खेलिने पछ।

– ब्राजिलले आफ्नो २३ औं पुरुष विश्वकप खेल्नेछ । १९३० पछि हरेक प्रतियोगितामा उपस्थित हुने ब्राजिल एक मात्र राष्ट्र हो। 

–  विश्वकप फाइनलमा सबैभन्दा धेरै उपस्थिति भएका देशहरू जर्मनी (२०), इटाली (१८), अर्जेन्टिना (१८) र मेक्सिको (१७) हुन्।

– अर्जेन्टिनाले इतिहासमा ट्रफी कायम राख्ने तेस्रो डिफेन्डिङ च्याम्पियन बन्ने लक्ष्य राखेको छ।

– कतारमा अर्जेन्टिनाको कप्तानीमा जित हासिल गरेका लियोनेल मेस्सीले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने सर्वकालीन रेकर्ड राखेका छन्। उनले पाँच प्रतियोगितामा २६ खेल खेलेका छन् । उनले २००६, २०१०, २०१४, २०१८, २०२२ मा विश्वकप खेलेका मेस्सीले २०२६ पनि खेल्दैछन् ।

 

आयोजक देश र खेल खेलिने शहरहरू

क्यानडाः टोरन्टो, भ्यानकुभर

मेक्सिकोः ग्वाडालाजारा, मेक्सिको सिटी, मोन्टेरी

अमेरिकाः एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यूयोर्क–न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को खाडी क्षेत्र, सिएटल
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖