• Monday 5th of October 2026

सोमलियाली रेफ्रिलाई अमेरिका छिर्न नदिनु अघि ११ घन्टा गरिएकाे थियाे साेधपुछ


  • धनकुटा खबर
  • .

सोमालिया, २८ जेठ । अफ्रिकाका प्रमुख खेल अधिकारी मध्ये विश्वकपका एक सोमाली रेफ्री ओमार आर्टनलाई अमेरिका प्रवेश नदिएकोमा यतिखेर विश्वभरीवाट आलोचना भईरहेको छ । 

 

उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले अमेरिका प्रवेश अनुमति दिन अस्वीकार गरे पछि डोनाल्ड ट्रम्पको आप्रवासन नीतिले फुटबलको भव्यतामा गहिरो दाग छोड्ने टिप्पणी सुरू भएको छ । 

 

अमेरिकी अध्यागमन अधिकारीले आर्टनलाई प्रवेश अनुमति नदिएको घटनाबारे उनले न्युयोर्क टाइम्ससँग भनेका छन् कि, ‘मेरो जीवनको सबैभन्दा ठूलो सपना चकनाचुर भएको छ, म धेरै, धेरै धेरै नै निराश छु ।’

‘म केवल एक रेफ्री हुँ, जसले आफ्नो सपना पुरा गर्न खोजेको थियो , मेरो जीवनको सबैभन्दा ठूलो सपना, विश्वकपमा बाँच्न खोजिरहेको थियो, सबै टुटेको छ,’ उनले भने । 

 

यदी अमेरिकाले उनलाई नफर्काइ दिएको भए अफ्रिकी फुटबल कन्फेडेरेसनले ‘२०२५ को वर्षको पुरुष रेफ्री’ घोषित गरेका आर्टन विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली नागरिक हुने थिए।

 

उनका अनुसार उनलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरूले ११ घण्टा लामो अन्तर्वार्ता लिएका थिए र त्यसपछि टर्की फर्कने बिमानमा राख्नु अघि होल्डिङ सेल्टरमा धेरै घण्टा हिरासतमासमेत राखिएको थियो। ‘मसँग सही कागजात र सबै कुरा थियो, मसँग सही भिसा छ,’ त्यो बेला उनले भनेका पनि थिए । तर, अमेरिकी अध्यागमन अधिकारीले उनको कुरा सुनर्वाई गरेनन र बिमानस्थलवाटै फिर्ता पठाईदिए। 

 

सो घटना पछि अमेरिकी विदेश विभागका एक अधिकारीले अन्तराष्ट्रिया मिडियासँग भनेका छन कि सोमाली रेफ्री ‘आतंकवादी संगठनका संदिग्ध सदस्यहरूसँग सम्बन्धित थिए’, जसले गर्दा उनलाई संयुक्त राज्य अमेरिका प्रवेशको लागि अयोग्य बनेका हुन् ।’

 

तर, जब आर्टन देशको मोगादिशु बिमानस्थलमा देखा परे, उनी सोमालियका नायक झै देखिएका थिए र भने सन २०३० मा हुने अर्को प्रतियोगितामा विश्वकप रेफ्रीको रूपमा मैदानमा देखिनेछु ।

 

‘म अर्को विश्व कपमा अवश्य नै हुनेछु र सोमालियालाई गर्व गर्ने कार्य जारी राख्नेछु, मलाई जे भएको छ, त्यसको बावजुद पनि म निराश छैन्, तपाईहरू पनि निराश नहुनुहोस्, मैले देशका लागि केही गलत गरेको छैन, उनीहरूले नबुझेका मात्रै हुन्,’ आर्टनले मोगादिशुको मुख्य विमानस्थलमा १०० भन्दा बढी समर्थक र पत्रकारहरूसँग भने।

 

सो घटना पछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकपको पूर्वसन्ध्यामा मिडियाको सामना गरेका छन ।  मेक्सिको उदघाटन स्टेडियम बाहिर मेक्सिकोका शिक्षकहरूले गरेको प्रदर्शन, अत्याधिक महंगो टिकटको मूल्य र अमेरिकाको आप्रवासन कारबाहीलगायतका बारेमा उनले जवाफ दिएका छन ।  

 

मुलतः विश्वकपको सह आयोजक राष्ट्र अमेरिकाले शीर्ष रेफ्री, प्रशंसक र टोली अधिकारीहरूलाई प्रतिबन्ध लगाए पछि विश्व फुटबलको शासक निकायका प्रमुखले मेक्सिको सिटीमा एक दुर्लभ पत्रकार सम्मेलन गरेर जवाफ दिएका हुन ।

उनले भने, ‘सोमालियाका रेफ्रीलाई जे भयो त्यो दुर्भाग्यपूर्ण छ। फेरि पनि, हामी सबै कुरा नियन्त्रण गर्दैनौं। हामी प्रयास गर्छौं, हामी छलफल गर्छौं, हामी बोल्छौं, हामी हेर्छौं। कहिलेकाहीँ शान्त हुनु, आराम गर्नु, हामी सबै कुरामा काम गर्छौं, हामी सबै कुरा समाधान गर्ने प्रयास गर्छौं। कहिलेकाहीँ तुरुन्तै चिच्याउनु र कराउनुले समाधान खोज्नुको विपरीत प्रभाव पार्छ।’

उनले अगाडी भने, ‘म तपाईंलाई भन्छु, हामी सधैं समाधान खोज्ने प्रयास गर्छौं तर हामीले सम्मान गर्नुपर्छ कि हामी सरकार र प्रहरी बलमाथि शासन गर्न सक्ने संसारका राजा होइनौं। हामी एक खेलकुद संस्था हौं।’

 

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖