• Tuesday 6th of October 2026

रास्वपा कोशी प्रदेशका कावा सभापति सरिन तामाङले गरिन् राजनीति छाड्ने घोषणा


  • धनकुटा खबर
  • .

विराटनगर । रास्वपा कोशी प्रदेशका कावा सभापति एवं सभापकि पदका उम्मेदवार सरिन तामाङले राजनीति छाड्ने घोषणा गरेकी छन्।

कोशी प्रदेश अधिवेशनको नतिजापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले आफूले राजनीतिक यात्रा टुंग्याउने निर्णय गरेको संकेत गरेकी हुन्। उनले लेखेकी छन्, “आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

उनको उक्त अभिव्यक्तिलाई निर्वाचन परिणामपछि राजनीतिक गतिविधिबाट अलग हुने घोषणाका रूपमा हेरिएको छ।

यद्यपि उनले राजनीति छाड्नुको कारणबारे थप स्पष्ट पारेकी छैनन्। साथै, आगामी दिनमा पार्टीभित्र वा बाहिर कुनै भूमिका निर्वाह गर्ने वा नगर्ने विषयमा पनि उनले धारणा सार्वजनिक गरेकी छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖