• Tuesday 6th of October 2026

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली


  • धनकुटा खबर
  • .

काठमाडौं । बाजुराको लाम्पाटा क्षेत्रमा अस्थायी सुरक्षा वेश स्थापना गर्ने उद्देश्यसहित खटिएको सशस्त्र प्रहरी बलको टोली गन्तव्यमा पुगेको छ।

जेठ २७ गते काठमाडौंबाट प्रस्थान गरेको टोली जेठ ३० गते लाम्पाटा पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको उक्त टोलीले अब सो क्षेत्रमा अस्थायी सुरक्षा वेश स्थापना गर्ने तयारी थालेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अस्थायी सुरक्षा वेशमा परिचालित जनशक्तिलाई आवश्यक निर्देशन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै प्रदान गरिनेछ। आवश्यक समन्वय तथा व्यवस्थापनको कामसमेत प्रधान कार्यालयमार्फत हुने उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖