• Monday 5th of October 2026

चार पटक विश्व बिजेता जर्मनी पहिलो पटक आएको कुराकाओसँग सामाना गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ जेठ । आज फिफा विश्वकप २०२६ मा समुहगत चरणका चार खेल हुदैँछन ।
 
आजको सबैभन्दा रोचक खेल चार पटकको विश्व विजेता जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओको सामना गर्दैछ। यो खेल आज राति नेपाली समय अनुसार १०ः४५ बजे  ह्युस्टन स्टेडियममा सुरु हुनेछ।
 
यो समूह ‘ई’ मा रहेका चार पटकको विश्व विजेता जर्मनी र क्यारिबियन राष्ट्र कुराकाओ बीचको पहिलो खेल हुनेछ। कुराकाओ आफ्नो इतिहासमा पहिलो पटक फिफा विश्वकप खेल्दैछ।
 
कुराकाओले प्रख्यात प्रशिक्षक डिक एड्भोकाटको मार्गदर्शनमा प्रतियोगितामा प्रवेश गरेका छन्। जर्मनीले फ्लोरियन विर्ट्ज र जमाल मुसियालाजस्ता युवा स्टारहरूबाट बलियो प्रदर्शनको आशा गर्नेछ।
 
जर्मनीः नेउर, किमिच, ताह, रुडिगर, रोम, गोरेट्जका, पाभ्लोभिक, विर्ट्ज, मुसियाला, हाभर्ट्ज, अन्डाभ।
कुराकाओः रोम, ब्रेनेट, गारी, ओबिस्पो, फ्लोरेन्स, एल बाकुना, जे बाकुना, गोर, चोंग, कास्टनियर, मार्गारीटा।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖