काठमाडौं । अफ्रिकन राष्ट्र केप भेर्डेले ऐतिहासिक पहिलो अंक जोडेको छ ।
विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेले स्पेनलाई ०–० को बराबरीमा रोक्दै समूह चरणमा महत्वपूर्ण अंक खोसेको हो।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को खेलमा केप भेर्डेले उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको स्पेनलाई गोलरहित बराबरीमा रोके पछि यतिखेर ठुलो चर्चा परिचर्चा भइरहेको छ।
सोमबार एट्लान्टा रंगशालामा केप भेर्डेले दोस्रो हाफमा स्पेनलाई गोलका कुनै पनि अवसर सिर्जना गर्न दिएन । त्यसअघि पहिलो हाफमा भेट्रान गोलकिपर भोजिन्हाले सानदार प्रदर्शन गरेका थिए ।
४–१–२–३ फर्मेशनमा उत्रिएको स्पेनले आज स्टार विंगर लामिन यमाललाई बेन्चमा राखेको थियो । ह्यामस्ट्रिङ समस्याबाट जुधिरहेका यमाल ७१औं मिनेटमा मैदान प्रवेश गरेका थिए । तर, उनीबाट सोचेअनुरुपको अवसरहरु सिर्जना हुन सकेनन् ।
