• Monday 5th of October 2026

छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल


  • धनकुटा खबर
  • .

काठमाडाैँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ। कान्सास सिटी स्टेडियममा जारी खेलको १७औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई १–० ले अगाडि बढाएका हुन्।

खेलको सुरुआती चरणमा दुवै टोलीका गोल अफसाइडका कारण खारेज भएका थिए। अल्जेरियाका फारेस चाइबी को गोल VAR ले रद्द गरेको थियो भने मेसीको सुरुआती गोल प्रयास पनि अफसाइड ठहरिएको थियो। तर दोस्रो प्रयासमा मेसी चुकेनन्।

छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगितामा आफ्नो खाता खोल्दै अर्जेन्टिनाका समर्थकलाई खुसी मनाउने अवसर दिएका छन्। विश्वकप इतिहासमा छ संस्करण खेल्ने पहिलो खेलाडी बनेका उनले कीर्तिमानी उपस्थितिलाई गोलमार्फत अझ विशेष बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖