• Tuesday 6th of October 2026

महिला सांसदसँग सभामुख मुस्काउँदा साइबर बुलिङ गरिएको भन्दै एमाले सांसदको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं — नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखसँग महिला सांसदहरू हाँसेको सामान्य दृश्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको अनावश्यक प्रचारप्रति आपत्ति जनाइन्।

उनका अनुसार, सामाजिक सञ्जालमा फैलिएको यस्तो व्यवहारका कारण महिला सांसदहरू नै लज्जित हुने अवस्था आएको छ। उनले प्रश्न गरिन्, “समाज कहाँ जाँदैछ ?” भन्दै साइबर बुलिङ नियन्त्रण गर्न सरकारसँग माग गरिन्।

सांसद बरालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा इन्धनको मूल्य नघटाइएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्। साथै, उनले संसद् र राजनीतिक गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोप लगाउँदै सरकारको आलोचना गरिन्।

उनका अनुसार, सत्तापक्षका नेताले विवादास्पद अभिव्यक्ति दिँदा सामान्य रूपमा लिइने तर विपक्षीले नियमसम्बन्धी प्रश्न उठाउँदा आलोचना हुने अवस्था देखिएको छ, जसले सुशासन कमजोर बनाइरहेको टिप्पणी गरिन्।

तर, सांसद बरालले प्रयोग गरेको ‘छाडातन्त्र’ शब्दप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले आपत्ति जनाइन्। उनले उक्त शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖