• Monday 5th of October 2026

इन्जुरी समयमा घानाले पार्यो पनामालाई स्तब्ध, १-० को जीत


  • धनकुटा खबर
  • .

 

काठमाडौं, ४ असार । घानाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा पानामालाई १–० ले पराजित गरेको छ ।
 

मिडफिल्डर कालेब यिरेन्कीले इन्जुरी समयमा गोल गरे पछि घानाले पनामालाई हराउँदै १–० को जीत निकालेको हो ।

टोरन्टो रंगशालामा सम्पन्न खेलमा ६ मिनेट्सको इन्जुरी समय थपिएको थियो तर पाँच मिनेटमा नै घानाले काउन्टर आक्रमणको फाइदा उठायो । लेफ्ट साइडबाट ब्रेन्डन थोमसको क्रसमा यिरेन्कीले ट्याप इन गोल गरे ।

दोस्रो हाफको सुरुआती मिनेटमा गोलकिपर अती जिगी इन्जुरीका कारण मैदान छाड्न बाध्य भएपछि घानालाई ठूलो झट्का बेहोर्न परे पनि खेल भने घानाले सम्हालेरै राखेको थियो । पहिलो हाफ भन्दा खेल सुधारेको घानाले अन्तिममा पाएको अवसरलाई गोलमा परिणत गरेको हो । 

त्यसअघि पनि पनामा माथी घानाले काउन्टर प्रयासहरु गरिरहेको थियो । बुधबार मध्यराति समूह ‘एल’को पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ ले हरायो भने सो अघि पोर्चुगल र कंगोले १–१को बराबरी खेल खेलेका थिए ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖