• Tuesday 6th of October 2026

विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौ फर्काइयो


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।

बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।

जहाज उडानको क्रममा प्राविधिक समस्या देखिएपछि सुरक्षा सतकर्ता अपनाउँदै जहाजलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖