काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पांगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशनमा आफूलाई निमन्त्रणा प्राप्त भएको भए पनि आफू उपस्थित नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले रास्वपाले दिएको निमन्त्रणा पार्टी सभापति **रवि लामिछाने**को सौजन्य भएको आफूलाई थाहा रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति रास्वपाको आधिकारिक धारणा सार्वजनिक भएको भए आफूलाई निर्णय गर्न सहज हुने बताउँदै उनले पार्टीको स्पष्ट धारणा नआएकाले अधिवेशनमा सहभागी हुन नसक्ने जनाएका छन्।
साम्पाङले लेखेका छन्, “रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ। मलाई थाहा छ यो courtesy रवि जीको हो। प्रधानमन्त्रीले सिमा बारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुनेथ्यो। आएन। म उपस्थित बन्न सक्दिन है।” ।
