• Tuesday 6th of October 2026

रबि लामिछानेको निम्तो हर्कले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा नजाने


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ५ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने भएका छन् ।सभापति रबि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रुपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित नहुने जानकारी गराएका हुन् ।

‘रास्वपाले आफ्नो महाधिवेशनमा मलाई निम्तो दिएको छ । मलाई थाहा छ यो कर्टेसी रबिजीको हो । प्रधानमन्त्रीले सीमाबारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुन्थ्यो । आएन । म उपस्थित बन्न सक्दिन है ।’ साम्पाङले फेसबुकबाटै निम्तो अस्वीकार गरेका छन् । रास्वपाले साम्पाङसहित संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, नेकपा, राप्रपा र जसपा नेपाललाई निम्तो दिएको छ ।

रास्वपाले नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अरु दलका प्रमुखलाई शुभकामना मन्तव्यका लागि बोलाएको छ । रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖