• Tuesday 6th of October 2026

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।

बोर्डले यसवर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।

जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।

बोर्डको वेबसाइट result.neb.gov.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖